नेपाल फाईनान्सको साधारण सभा सम्पन्न, ५ जना सञ्चालक निर्विरोध निर्वाचित

नेपाल फाईनान्सको साधारण सभा सम्पन्न, ५ जना सञ्चालक निर्विरोध निर्वाचित


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल फाईनान्स लिमिटेडको २९औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

सभाले आगामी चार वर्षका लागि संस्थापक समूहबाट ४ (चार) जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ (एक) जना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ । 

जसमध्ये संस्थापक समूहबाट हिरेन्द्रमान प्रधान,  दिप्रश शाक्य, राजन प्रजापति, विकेश शाक्य र सर्वसाधारणको तर्फबाट लक्ष्मी महर्जन निर्वाचित भएका छन्  । सभाले आव २०७७/ ७८ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुको साथै आव  २०७८/ ७९ को लागि लेखापरिक्षक नियुक्तिगर्ने निर्णय पारित गरेको छ ।

त्यसैगरी सोही सभाले  विशेष प्रस्तावअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने/ गाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । 

कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानको अध्यक्षतामा सम्पन्न साधारण सभामा सञ्चालक दिप्रश शाक्यले स्वागत मन्तब्य राखेका थिए । यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत  उद्धवराज थपलियाूले हालसम्मको प्रगती विवरणहरुको बारेमा प्रकाश परेका थिए ।