ग्लोबल आइएमई बैंकको संस्थापक शेयर विक्रीमा

ग्लोबल आइएमई बैंकको संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंक संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले आइतवार एक सूचना जारी गर्दै उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको जानकारी दिएको छ । 

शेयरको मूल्य प्रतिकित्ता मूल्य र शेयर संख्या भने खुलाइएको छैन ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय, कमलादीमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्यक्ति वा संस्थालाई विक्रीको प्रक्रिया अघि बढाउने कम्पनीले जानकारी गराएको हो ।