माछापुच्छ्रे बैंकले २४ सै घण्टा ग्राहक सेवा केन्द्रको सेवा प्रदान गर्ने

माछापुच्छ्रे बैंकले २४ सै घण्टा ग्राहक सेवा केन्द्रको सेवा प्रदान गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे र्बैंकले नयाँ वर्ष २०७९ को अवसर पारि आफ्नो ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घण्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरि सुरुवात गरेको छ । बैंकिङ्ग क्षेत्रमा नयाँनयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको र्बैंकले ग्राहकवर्गलाई मध्यनजर गर्दै यसअघि सिमित अवधिका लागि संचालन गरिरहेकोे सेवा हरेक दिन २४ सै घण्टा संचालन गर्ने व्यवस्था मिलाएको हो । ग्राहक सेवा केन्द्रले ग्राहकवर्गलाई परेको समस्याको समाधान बैंकको औपचारिक सामाजिक सञ्जाल तथा टेलिफोन मार्फत सुविधा दिदै आई रहेको बैंकले जनाएको छ ।  

बैंकको गुणस्तरिय सेवा विस्तारका साथै देश तथा बिदेशमा रहेका ग्राहकहरुलाई बैंक संग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्यभुमिका खेल्नेछ । ग्राहकहरुले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्तगर्न सक्नुहुनेछ । जसबाट ग्राहकहरुले बैंक संग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा  अन्य कुराहरुको जानकारीका लागि बैंकसम्म पुग्न सहजहुनेछ ।

स्थापनाकालदेखि नै नयाँनयाँप्रविधिमाआधारित सेवा सुविधाग्राहकमाझल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।  

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकमहानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।