सिवाईसी नेपाल लघुवित्तको आईपीओ आजदेखि विक्रीमा

सिवाईसी नेपाल लघुवित्तको आईपीओ आजदेखि विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (शुक्रवार) देखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ । 

कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

निष्कासन गरिने कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयरमध्ये जारी पूँजीको शून्य दशमलव ५० प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ ।

यी बाहेक बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्रीमा आउन लागेको हो ।

उक्त आइपीओमा छिटोमा २०७९ वैशाख ६ गतेसम्म आवेदन दिने व्यवस्था छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरे ढिलोमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले 'केयर एनपी डबल बि माइनस इस्यूअर' रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्तापूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ । आईपीओ बाँडफाँट पश्चात उक्त पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।