बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बीसौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डपमा सम्पन्न भएको हो ।
सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको हो ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गते (एक दिन) बुक क्लोज थियो । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।
प्रतिक्रिया