लाइभ फ्लाेरसिट बन्द गराउन नेप्सेलाई बाेर्डकाे निर्देशन, स्क्रिन एग्जिविशन कक्ष खुला गर्न निर्देशन

लाइभ फ्लाेरसिट बन्द गराउन नेप्सेलाई बाेर्डकाे निर्देशन, स्क्रिन एग्जिविशन कक्ष खुला गर्न निर्देशन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धिताेपत्र बाेर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई लाइभ फ्लाेरसिट बन्द गराउने निर्देशन दिएकाे छ । 

कारोवार समयमा नै फ्लोरसिटमार्फत् कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेकोमा उक्त विवरण हटाउन  सुझाव तथा गुनासो आएकाे भन्दै बाेर्डले फ्लाेरसिट हटाउन निर्देशन दिएकाे हाे । 

धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समय पश्चात् प्रवाह गर्ने व्यवस्था गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएकाे छ ।

यस्तै, बोर्डले धितोपत्र दलाल व्यवसायीलाई स्क्रिन एग्जिविशन कक्ष (Screen Exhibition Room) खुला गर्न निर्देशन दिएको छ । बोर्डले विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै ब्रोकरको कार्यालयमा भिडभाड नहोस् भन्ने अभिप्रायले स्क्रिन एग्जिविशन कक्ष बन्द गराएको थियो ।

हाल कोरोना भाइरसको संक्रमण दर न्यून भई नेपाल सरकारले कोरोना भाइरसको जोखिमको समयमा पूर्ण वा आंशिक रुपमा बन्द गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेको सन्दर्भमा कोभिड १९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गर्ने/गराउने गरी धितोपत्र दलाल व्यवसायीहरुको स्क्रिन एग्जिविशन कक्ष सुचारु गर्न बोर्डले सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको हो ।