एक दिन समय थप गरिएको उपकार लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एक दिन समय थप गरिएको उपकार लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ ।

कम्पनीले चैत २५ गते शुक्रबारदेखि २ लाख २१ हजार १५६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो । चैत २७ गते राम नवमी पर्वको सार्वजनिक विदा परेपछि एक दिन समय थप गरिएको थियो । लगानीकर्ताले चैत ३० गते बुधबार कार्यालय समयसम्म आईपीओ भर्न सक्नेछन् ।

कम्पनीको आईपीओ खरिदका लागि बुधबार बिहान १० बजेसम्म करिब १२० गुणा बढी आवेदन परिसकेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बुधबार बिहानसम्म २३ लाख ३५ हजार ६९१ वटा आवेदन परेको छ । उक्त संख्याबाट २ अर्ब ६५ करोड ९ लाख ३१ हजार मूल्यका २ करोड ६५ लाख ९ हजार ३१० कित्ताको माग परेको छ । जुन सवसाधारणबाट माग भएको सेयर संख्या (२ लाख २१ हजार १५६ कित्ता) को ११९.८७ गुणा अधिक हो ।

कम्पनीले जारी पूँजी ६ करोड ५६ लाख २५ हजारको ३६ प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित दरको २ करोड ३६ लाख २५ हजार बराबरको २ लाख ३६ हजार २५० कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । बिक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि सी–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेबसाइट र एपबाट पनि आईपीओ खरीदको लागि आवेदन दिन सकिनेछ ।

आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ ।