बैंकिङ्ग समाचार, काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त भएका छन् । मिति २०७८ चैत्र ३० गते बसेको संचालक समितिको बैठकले उनलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
न्यौपाने यस अघि सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
काठमाण्डौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका उनले बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । उनी बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गरेका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा समेत चिनिन्छन् ।
प्रतिक्रिया