सानिमा लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सानिमा लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको चैत २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । सानिमा लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई पहिलो पटक लाभांश वितरणको प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को संचित मुनाफाबाट शेयरधनीहरुलाई वितरण योग्य लाभांश बापत चुक्ता पूँजीको ४ दशमलव २ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनको लागि ० दशमलव २२ प्रतिशतनगद लाभांश गरी जम्मा ४ दशमलव ४२ प्रतिशत लाभाशं बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश नियमनकारी निकाय बीमा समितिले स्वीकृति दिएपश्चात र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।