बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई ल्याण्डमार्क होटलमा विशेष छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई ल्याण्डमार्क होटलमा विशेष छुट


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेड र ल्याण्डमार्क होटलबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट POS तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई Special Package मा १२.५% को विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ । आउदै गरेको नयाँ वर्ष २०७९ लाई लक्षित गरिे बैंकका ग्राहक महानुभावहरुलाई ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने Special Package मा १२.५% को विशेष छुट प्रदान गरिएको होे ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । ल्याण्डमार्क होटलले काठमाण्डौं, पोखरा र चितवनबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।     

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।