बैंकिङ्ग समाचार, काठमाडौं ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा चितवनका चेपाङ समुदायका बालबालिकालाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
कालिका नगरपालिका वडा नं १० स्थित कालिका आधारभुत विद्यालय निबुवाटारमा अध्ययनरत विपन्न तथा पिछडिएका चेपाङ समुदायका १२ विद्यार्थीलाई कम्पनीको नारायणगढ शाखा प्रबन्धक अविशेष चापागाईं, वडा अध्यक्ष दिल बहादुर गुरुङ्ग र विद्यालय व्यवस्थापन अध्यक्ष माधव तामाङले सोमबार पोशाक तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।
चैत्र २१ गते १४ औं वार्षिकोत्सव मनाएको एशियन लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरका शाखा कार्यालयहरु मार्फत् विपन्न समुदायलाई खाद्यान्न, शैक्षिक सामाग्री र लुगा कपडा वितरण गरेको छ ।
नारायगढ शाखाका प्रबन्धक अविशेष चापागाईले एशियन लाइफले सामाजिक कार्यमा पनि योगदान पु¥याउँदै आएको जानकारी दिंदै आगामी दिनमा सामाजिक सेवाको कार्यलाई अझै व्यापकता दिइने जानकारी दिए ।
कार्यक्रममा कम्पनीका कर्मचारीहरु, सिनियर एजेन्सी म्यानेजर र स्थानीय अभिभावकको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया