बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ इन्स्योरेनस कम्पनीको २० औं वार्षिक साधारण सभा बुधवार चैत ३० गते हुने भएको छ ।
कम्पनीले सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटी मण्डपमा बिहान १०ः३० बजे हुने जानकारी दिएको छ । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया