नेप्सेमा दुई लघुवित्तको बोनश शेयर सुचिकृत

नेप्सेमा दुई लघुवित्तको बोनश शेयर सुचिकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज नेप्सेमा २ लघुवित्त कम्पनीको बोनश शेयर सुचिकृत भएको छ । नेप्सेमा सुर्योदय लघुवित्त वित्तीय संस्था र इन्फीनिटी लघुवित्तको बोनश शेयर सुचिकृत भएको हो ।

आज सुर्योदय लघुवित्तको २० प्रतिशतले हुन आउने ४ लाख ९६ हजार ८५ दशमलव ८५ कित्ता बोनश शेयर र इन्फीनिटी लघुवित्तको २७ दशमलव ७० प्रतिशतले हुन आउने ८ लाख ९९ हजार ९८ दशमलव १२७३ कित्ता बोनश शेयर गरि कुल १३ लाख ९५ हजार १ सय ८३ दशमलव ९७७३ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिद बिक्रि गर्न सक्ने छन् ।