बलेफी हाइड्रोको आईपीओ नतिजा यसरी हेर्न सकिन्छ

बलेफी हाइड्रोको आईपीओ नतिजा यसरी हेर्न सकिन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाबाट १ लाख ६६ हजार ४३२ जनाले १० कित्ता र ३ जनाले ११ कित्ता सेयर प्राप्त गरेका छन् । कम्पनीको आईपीओको बाँडफाँडका लागि लक्की बल नम्बर ९ र ५ छनोट भएको थियो ।

उच्च मागका कारण कम्पनीको आईपीओमा आवेदन गरेका ९२ प्रतिशतले भने सेयर पाउन सकेनन् । क्यापिटलका अनुसार आईपीओमा २१ लाख ७१ हजार ७४० जनाले २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये ३ हजार ६४० जनाको आवेदन रद्द भई २१ लाख ६८ हजार १०० जना आवेदकलाई बाँडफाँडमा सहभागि गराइएको थियो । आवेदन दिएकामध्ये कुल २० लाख ५ हजार ३९५ जना आवेदक हात खाली भएको छ । जुन कुल आवेदकको ९२.३४ प्रतिशत हो ।

बलेफी हाइड्रोपावरको आईपीओ १०० मा ९२ जनाले पाएनन्, २० लाख ५ हजारको हात खाली

आईपीओ बाँडफाँडको नतिजा केही समयपछि प्रकाशन गरिने बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । नतिजा प्रकाशन भएपछि निम्न ४ स्थानबाट हेर्न सकिने क्यापिटलले जानकारी दिएको छ । केहि घण्टामा आईपीओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ । मेरो सेयरको एप्लीकेशन रिर्पोटमा भने केहि ढिलो मात्र नतिजा उपलब्ध हुनेछ ।