गभर्नरको निलम्बन कानुन सम्मतः अर्थमन्त्री शर्मा

गभर्नरको निलम्बन कानुन सम्मतः अर्थमन्त्री शर्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले गभर्नरको निलम्बन कानुन सम्मत भएको बताएका छन् । अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजन गर्दै शर्माले गभर्नरको बिषयमा मुख खोलेका हुन् ।

पत्रकारहरुले गभर्नरका बिषयमा प्रश्न गरेपछि अर्थमन्त्री शर्माले यस बिषयमा छानबिन समिति गठन भइसकेको र एक महिना भित्रमा प्रतिबेदन आएपछि सम्पूर्ण कुरा बाहिर आउने बताए ।

अर्थमन्त्रीको सिफारिसमा गत बिहीबारको मन्त्रीपरिषद्को बैठकले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी बिरोध भएपछि अर्थमन्त्री शर्माले आफ्नो बचाउन गरेका हुन् ।