बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट, २० लाख ५ हजार जनाको हात खाली

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट, २० लाख ५ हजार जनाको हात खाली


बैंकिङ्ग समाचार, काठमाडौं ।
बलेफी हाइड्रोपावर लिमिटेडको सर्वसाधारणको लागि निष्काशन गरिएको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको नक्साल स्थित कार्यालयमा मंगलवार बिहान आईपीओ बाँडफाँट भएको हो । 

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि आवेदन दिएका थिए । जस मध्ये ३ हजार ६ सय ४० जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । योग्य २१ लाख ६८ हजार १०० ओटा आवेदनलार्ई मात्र बाँडफाँटमा सहभागी गराईएको हो । 

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गर्दा पहिलो चरणमा १ लाख ६६ हजार ३ सय ४५ जनाले १० कित्ताको दरले शेयर पाएका छन । पहिलो चरणमा शेयर बाँडफाँड गर्दा ३ कित्ता शेयर बाँकी रहन गएकोले त्यसलाई पुनः बाँडफाँड गरिएको छ । 

१० कित्ता शेयर शेयर पाउने १ लाख ६६ हजार ३ सय ४५ जना मध्येबाट १० कित्ता भन्दा बढी शेयरको लागि आवेदन दिएकालाई गोलाप्रथामा समावेश गराई पुनः बाँडफाँड गर्दा ३ जनाले थप १ कित्ताको दरले शेयर पाएका छन । यस आधारमा ३ जनाले ११ कित्तासम्म शेयर हात पारेका छन् ।  कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका मध्ये २० लाख ५ हजार ३ सय ९५ जना आवेदकको हात खाली भएको छ । 

कम्पनीले सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिसकेको छ । यी बाहेक सार्वजनिक निष्कासन मार्फत विक्री गरेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता शेयर कम्पनीले मंगलवार बाँडफाँट गरेको हो । 

कम्पनीको संस्थापकहरुबाट चुक्ता भएकोपूँजी ८० प्रतिशत पूँजी रू. १ अर्ब ४६ करोड २३ लाख ७६ हजार रहेको छ । कम्पनीले स्थानियलाई १० प्रतिशत र सर्वसाधारणमा १० प्रतिशत आईपीओ बाँडफाँट पश्चात् यो पूँजी रू. १ अर्ब ८२ करोड ७९ लाख ७० हजार कायम भएको छ । कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९३ दशमलव ६४ रहेको छ । यस अवधिसम्म कम्पनी रू. ९ करोड ३० लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।