सांग्रिला डेभलपमेन्ट बैंकको ११२ औं शाखा विजयनगर, भरतपुरमा

सांग्रिला डेभलपमेन्ट बैंकको ११२ औं शाखा विजयनगर, भरतपुरमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै भरतपुर म.न.पा. वडा नं.१६, विजयनगर, चितवनमा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमवार देखि सो शाखा संचालनमा ल्याएको हो । 

विजयनगर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११२ पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत जानकारि गराएको छ ।