भर्चुअल शाखाको रुपमा स्थापित गर्ने लक्ष्य सहित माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित \’एमबिएल एम-स्मार्ट\’

भर्चुअल शाखाको रुपमा स्थापित गर्ने लक्ष्य सहित माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित \’एमबिएल एम-स्मार्ट\’


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ्ग एप, 'MBL M-Smart' को सुरुवात गरेको छ । यस अघि 'Machhapuchchhre Mobile Money (M3)' को रुपमा संचालनमा रहेका मोवाईल बैंकिङ्ग एपलाई बैंकले ओम्नी च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरि 'MBL M-Smart' को रुपमा शुभारम्भ गरेको हो ।

विभिन्न नयाँ सुविधा सहित शुभारम्भ गरिएकोएमबिएल एम स्मार्ट एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले Self-Registration गर्न सकिने, मोवाईल बाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी QR भुक्तानी गर्न मिल्ने, विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाले भरिपूर्ण छ ।

बैंकले 'MBL M–Smart' लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप संचालनमा ल्याएको हो । 

समय सापेक्ष आफ्ना सेवा सुविधालाई थप पस्किृत र परिमार्जित गर्दै लैजाने रणनिती तथा ग्राहकलाई पूर्णरुपमा डिजिटल सेवाहरु प्रदान गर्ने लक्ष्य सहित अगाडी बढिरहेको माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक 'We Chat Pay' सुरुवात गरेका थियो । त्यस्तै आर्टिफिसियल इन्टेलेजेन्सीमा आधारित च्याटबट “माया” पनि नेपालमा पहिलो पटक माछापुच्छ्रे बैंकले नै शुभारम्भ गरेको हो ।

बैंकले ओम्नी च्यानलमा आधारित अत्याधुनिक कल सेन्टर, व्यक्तिगत तथा कर्पोरेट इन्टरनेट बैंकिङ्ग, आफ्नै वालेट 'RemitApp' लगायतका यस्ता थुपै सुविधाहको माध्यमबाट ग्राहकहरु बैंक आउनै पर्ने बाध्यता कम गर्दै लगेको छ । नयाँ नयाँ डिजिटल सेवाको साथमा ग्राहकहरुलाई डिजिटल युगको अनुभव प्रदान गर्दै आफुलाई एउटा स्मार्ट बैंकको रुपमा सधै अग्र स्थानमा राख्न सफल भएको छ । 

यसै क्रममा डिजिटल कारोबारलाई अझ सहज र सरल बनाउदै बैंकिङ्ग सेवालाई अर्को तहमा पुर्याउने उदेश्य सहित बैंकले मोबाइल बैंकिङ्ग एप, 'MBL M-Smart' संचालनमा ल्याएको हो । 

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।