आज शेयर बजार नेप्से परिसूचक ४४ दशमलव ६४ अंकले घटेर २४१९ दशमलव ७१ को विन्दुमा कायम भएको छ । आज १७ वटा कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने १७६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २ दशमलव ६९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले गुमाएका हुन् ।
सर्वाधिक कमाउने १० कम्पनिहरुः
प्रतिक्रिया