नेप्सेमा ४४.६४ अंकको गिरावट, २ अर्ब २६ करोडको कारोबार

नेप्सेमा ४४.६४ अंकको गिरावट, २ अर्ब २६ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से ४४.६४ अंकले घटेर २ हजार ४ सय १९ दशमलब ७१ विन्दुमा रोकिएको हो । त्यस्तै, आज २ अर्ब २६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १७६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १८७० रुपैयाँ पुगेको छ भने जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४९१.१० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ९ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १६ करोड ५२ लाख भन्दा बढीको कारोबार भएको छ ।