मेरोमाइक्रोफाइनान्स लघुबित्तद्धारा नुवाकोट र रसुवामा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मेरोमाइक्रोफाइनान्स लघुबित्तद्धारा नुवाकोट र रसुवामा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले नुवाकोट र रसुवाका समुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

बेलकोटगढि नगरपालिकाको श्री कल्याणिदेबि माध्यामिक बिद्यालयका ६० जना, श्री बागेश्वरी प्राथमिक बिद्यालयका ५० जना त्यस्तै बिदुर नगरपालिकाको आगापुटार स्थित श्री शुलक्षणा माध्यमिक बिद्यालयका १०८ जना बिद्यार्थिहरु लाभान्वित भएका थिए । त्यस्तै रसुवाको उत्तरगया गाउपालिका मनिगाउँ स्थित श्री भुवनेश्वरी आधारभूत बिद्यालयका ५२ जना विद्यार्थीहरुलाई आइतबार र सोमबार प्रति विद्यार्थी एक दर्जन कापी, पेन्सिल र झोला वितरण गरिएको हो । 

"कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरुलाई आवश्यक सामाग्री प्रदान गर्दा बिद्यार्थिहरुको मनोबल बढ्नुको साथै ग्राहक, समाज र संस्थाबिच आत्मीय सम्बन्धमा बढावा हुने" संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले बताए ।

संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा बिभिन्न सामाजिक चेतनासम्बन्धी क्षेत्रमा सहयोग पुर्याउँदै आएको फाइनान्सले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रहरु गर्दै जाने बताए ।

मेरोमाइक्रोफाइनान्स नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत करिब २ लाख भन्दा बढी गरिव तथा विपन्न घरपरिवारहरुलाई सामाजिक तथा आर्थिक कृयाकलापमा सहयोग पुग्ने उद्देश्यका साथ बिभिन्न लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।