सानिमा जनरल इन्स्योरेन्सको प्रधान कार्यालय टंगालमा स्थानान्तरण

सानिमा जनरल इन्स्योरेन्सको प्रधान कार्यालय टंगालमा स्थानान्तरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय काठमाडौंको टंगालमा स्थानान्तरण भएको छ । कम्पनीको साविकको प्रधान कार्यालय कमलादीमा थियो ।

कम्पनीको बीमा व्यवसायमा भएको बृद्धिका कारण दैनिक प्रशासनिक तथा जनशक्ति व्यवस्थापनमा कठीनाई उत्पन्न भएको कम्पनीले जनाएको छ । जसले गर्दा दैनिक प्रशासनिक कारोबार सञ्चालन गर्न असहज भएकोले बीमा समितिको स्वीकृति पछि प्रधान कार्यालय स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीले २०५ टंगाल मार्ग, टंगालमा बागमती प्रदेश कार्यालय स्थानान्तरण गरेको हो ।

\"\"