बैंक अफ काठमाण्डूका कार्ड बाहकलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट

बैंक अफ काठमाण्डूका कार्ड बाहकलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट सहितको योजना ल्याएको छ ।

नेपालीहरुको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्ड बाहकहरुले दराजबाट आफुलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% सम्मको छुटको सुबिधा उपयोग गर्नसक्नेछन् । बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान दराजबाट खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको क्रेडिट कार्ड प्रयोग गरेमा १५% वा अधिकतम रु. १,५०० र डेबिट कार्ड प्रयोग गरेमा १०% वा अधिकतम रु. १,००० सम्म छुट पाउनेछन् ।

साथै, बैंकका कार्डबाहकहरुले सस्तोडिलमा आफुलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २०% वा अधिकतम रु.२,००० सम्मको छुट पानेछन् ।
 
यस नयाँ वर्षको योजनामा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २०% सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।   

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।