नेपाल राष्ट्र बैंक १५ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्दै

नेपाल राष्ट्र बैंक १५ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले रू. १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलवार जारी हुने यस ट्रेजरी बिलका लागि आज (सोमवार) दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले ९१ दिनको लागि रू. ८ अर्ब बरावरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यस ट्रेजरी बिल आगामी २०७९ असार २८ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनको लागि रू. २ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागिएको छ । यो बिल आगामी २०७९ असोज २५ गते परिपक्व हुनेछ । त्यसैगरी १ वर्षका लागि रू. ५ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागिएको छ । यो बिल पनि आगामी २०७९ चैत २८ गते परिपक्व हुनेछ ।

ट्रेजर बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइन्छ । सबै वर्गका बैंक तथा वित्तीय संस्था,संगठित संस्था तथा सर्वसाधारण नागरिक समेतले ट्रेजरी बिलको बोलकबोलमा सहभागिता जनाउन सक्नेछन् ।