गुडवील फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

गुडवील फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
गुडवील फाइनान्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज (सोमवार) रहेको छ ।

कम्पनीले ९३ हजार ४८९ कित्ता संस्थापक शेयर चैत १४ गतेदेखि लिलामीमा ल्याएको हो । इच्छुक योग्य जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले सोमवार कार्यालय समयसम्म लिलामी शेयरमा आवेदन सक्नेछन् ।

आवेदकले शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम २५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले कार्यालय समयसम्म प्राप्त भएका बोलपत्र मंगलवार बिहान १० बजे मुक्तिनाथ क्यापिटल लिमिटेड हात्तिसारमार्ग, कमलादीमा खोल्ने जानकारी दिएको छ । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।