बैंकिङ्ग समाचार, काठमाडौं ।
बैशाख महिनामा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिन सबै बैंकहरु सहमत देखिएका छन् । सबै वाणिज्य बैंकहरुले चैतकै ब्याजदरलाई निरन्तरता दिएर नयाँ सूचना जारी गर्ने भएका छन् ।
नेपाल बैंकर्स संघले आइतबार बैठक राखेर ब्याजदर के गर्ने भन्ने विषयमा छलफल गरेको थियो । सबै बैंकहरुले ब्याजदर यथावत राख्न सहमति जनाएपछि चैतकै ब्याजदरलाई बैशाखमा पनि निरन्तरता दिइने भएको हो ।
बैंकहरुले चैत ३० गते बैशाखदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गर्नु पर्ने छ । बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर दिनेगरी नयाँ सूचना जारी गर्ने भएका छन् ।
बैंकहरुले गत पुस र माघ महिनामा ब्याजदर नबढाए पनि फागुनमा भने बढाएर ११.०३ प्रतिशत पुर्याएका थिए । चैतमा त्यही ब्याजदर कायम गर्ने निर्णय गरेका थिए । आगामी बैशाखका लागि पनि निक्षेपको ब्याजदर नबढाउने निर्णयमा पुगेका छन् । ब्याजदर बढाउदा पनि निक्षेप नबढेपछि उनीहरु ब्याजदर यथावत राख्ने निर्णयमा पुगेका हुन् ।
प्रतिक्रिया