जीवन विकास लघुवित्तको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, ७०% बोनस लाभांश पारित

जीवन विकास लघुवित्तको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, ७०% बोनस लाभांश पारित


बैंकिङ्ग समाचार, काठमाडौं ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट प्रस्तावित ७० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ३ दशमलव ६८ प्रतिशत नगद लाभांश पारित गरेको छ । 
साथै, उक्त सभाबाट सर्वसाधारण शेयरधनीतर्फ गोकर्ण खतिवडा र अशोक सिटौला सञ्चालकको रुपमा चयन भएका छन् ।

नवनियुक्त सञ्चालकहरुलाई कम्पनीका अध्यक्ष विक्रम राज सुबेदीले प्रमाण पत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराएका थिए ।

सभा कम्पनीका अध्यक्ष विक्रम राज सुबेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।