सिभिल लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सिभिल लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले मिति २०७८ चैत्र २४ गते केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । 

वित्तीय संस्थाको सप्तरी जिल्लामा रहेको खर्चुहिया शाखाले कर्जा, बचत, लघुविमा, केन्द्र व्यवस्थापन, साख सूचना आदी मुख्य विषयवस्तु समावेश गरि आयोजना गरेको उक्त १ दिने कार्यक्रममा उक्त शाखाको सबै केन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो । 

‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले सेवाग्राहीहरुको समृद्धिमा टेवा पुर्याएको उद्देश्यका साथ आफ्नो सेवाहरु करिब ६८ हजार घर परिवारमा पुर्याएको छ ।