आज सेयर बजार बन्द, सोमबार मात्रै कारोबार खुल्ने

आज सेयर बजार बन्द, सोमबार मात्रै कारोबार खुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

चैत २७ गते आइतबार आज सेयर बजार बन्द रहनेछ । रामनवमीको अवसरमासरकारले आइतबार सार्वजनिक विदा दिएसँगै सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा भएको हो ।

सार्वजनिक विदाका कारण आइतबार सेयर बजार पनि बन्द भएको हो । गृह मन्त्रालयले जारीगरेको सूुचनामा सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदबाट २४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । भनिएको छ ।

यता सेयर बजार पाँच कारोबार दिनमा १४० अंकले घटेपछि छैठौं दिनमा गत बिहीबार नेप्से ३५ अंकले बढेको छ । चैत १७ गते बिहीबारबाट लगातार घटेको बजार १४० अंक तल आइसकेपछि सस्तो मूल्यमा सेयर उठाउनेहरु सक्रिय हुँदा चैत २४ गते बिहीबार बढेको हो । आयातमा कडाई गर्दा कतिपयले सेयर बजारमा लगानी गरेको आंकलन पनि हुन थालेको छ ।

बिहीबार ३५.६६ अंकले बढेर २४६४.३१ अंकमा उक्लिएको छ । सो दिन २२४ कम्पनीका ५४ लाख ४४ हजार ७३८ कित्ता सेयर २ अर्ब १२ करोड १५ लाख बराबरमा किनबेच भएको छ ।

कारोबारमा आएका १३ उपसमुहकै सूचक सकारात्मक रहेको बजारमा अन्य, व्यपार तथा बीमा समुहकाले धेरै कमाए । बिहीबारको बजारमा नबिल बैंकको सर्वाधिक ७ करोड ३८ लाख बराबरको सेयर किनबेच भयो । प्राइम बैंक, हिमालयन डिष्टलरी लगायतका कम्पनी उच्च कारोबार गर्नेमा परेका थिए ।

यसदिन हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य १० प्रतिशतका दरले बढेको थियो । नेपाल टेलिकम र एक्सल डेभलपमेन्ट बैंकको पनि ५ प्रतिशत बढीले मूल्य बढेको छ । राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै घटेको थियो ।