समता घरेलु लघुवित्तको एफपीओ निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
समता घरेलु लघुवित्त वित्तिय संस्थाले थप सार्वजनीक निष्काशन (फर्दर पब्लिक इस्यू) निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले आफ्नो प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर संरचना ७०ः३० (संस्थापक: सर्वसाधारण) कायम हुने गरी थप सार्वजनिक निष्कासन (फर्दर पव्लिक इस्यू) मार्फत् सर्वसाधारणलाई जारी हुन बाँकी शेयर २,८९,४४० कित्ता साधारण शेयरको थप सार्वजनीक निष्काशन (एफपीओ) का लागि प्रत्याभूतिकर्ताको रुपमा एनआईबिएल एस क्यापिटल नियुक्त गरिएको हो ।

समता घरेलु लघुवित्तवित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत डा. मदन घिमिरे र एनआईबिएल एस क्यापिटल क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रवन्धक सचिन्द्र ढुंगानाले प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर गरेका छन् ।