राष्ट्र बैंकका संचालकले करौडौको बार्गेनिङ गरेको अर्थमन्त्रीको आरोप

राष्ट्र बैंकका संचालकले करौडौको बार्गेनिङ गरेको अर्थमन्त्रीको आरोप


बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका संचालकले करौडौ रकमको बार्गेनिङ गरेको सूचना पाएको खुलासा गरेका छन् । अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको उनले बताएका हुन् । 

शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै मन्त्री शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुकुवा गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले ३० हजार डलर माग गरेको सूचना पाएको बताए ।

उनले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप लगाए । कुनै नागरिक समस्या परेर निवेदन दियो के रहेछ हेरिदिनुस् भन्दा मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु किन पुर्‍याइन्छ भनेर प्रश्न गरे । यस्ता कुराले अनुशासन हुँदैन भन्दै मन्त्री शर्माले रिपोर्ट गर्नुपर्ने सूचना रिपोर्ट नहुने तर गोप्य कुराहरु मिडिया दिने काम भएको आरोप लगाए ।

उनले राष्ट्र बैंकमा बदमासी भइराखेको , एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको तर आधिकारिक कुरा आफूलाई थाहा नभएको बताए । यस्ता कुराहरु राष्ट्र बैंकका उच्च अधिकारीहरुले सच्याउनु पर्ने उनले बताए । मन्त्री शर्माले पछिल्लो १५ दिनमा बैंकहरुमा एलसी कतिले खाले एकिन रेकर्ड माग गरे ।

उनले भने ,‘राष्ट्र बैंक अर्थमन्त्रालयको सल्लाहकार हो भन्ने सुनेको छु । हो पनी कसैले मलाई फोन गर्दछन यहाँ अर्थतन्त्रमा ठूलो समस्या भयो भन्छ । के रे शेयर किन्ने पैसामा क्याप लाइसक्यो । ४/१२ गराइयो । किन गराएको भन्ने प्रश्न सोध छ । अनि म गभर्नर साबलाई सोध्छु । के हो यो । के गर्नू भएको हो । के भन्ने हो मैले जवाफ मैले सल्लाहकारलाई सोध्नु त प¥यो नी ।  सोध्न अन्त कहाँ जाने ? कहिले कहि बैंकको ब्याज बढ्छ । कनि बढ्यो ब्याज भनेर सोध्नु पर्‍यो । कहिले काँही कोही आउँछ र निवेदन दिन्छ । त्यो निवेदन के रहेछ हेरिदिनु प¥यो भने पछि मिडियालाई बुझाइन्छ । हस्तक्षेप ग¥यो अर्थमन्त्रीले भन्ने छ । ऐन कानुनले चल्ने हो । मन्त्री होस् वा कुनै संस्था होस् । कोही सम्बोधन गर्न आयो नदिने । मेरो बैंक खाता रोकियो भन्दा त्यो के हो बुझ्नुु दिनुस् भन्दा ठूलो विषय बनाएर मिडिया खोजेर गोप्य कुराहरु त्यहा पुर्‍याइन्छ किन ? यस्तो अनुशासनले हुन्छ । कतिपय सूचनाहरु हुन्छन रिर्पोट गर्नु पर्ने रिर्पोट हुँदैन । बन्दमासी भइरहेको हुन्छ । एउटा सञ्चालक समितिले बार्गेनीङ गरेको सुनेको छु आधिकारिक कुरा थाहा छैन मलाई । ३० हजार डलर चाहियो भनेर बार्गेनीङ गरेको सञ्चालक समिति सदस्यले अनि हाम्रो यहाँ पारदर्शिता हुन्छ । यस्ता कुराहरु हामीले सच्याउनु पर्छ । हामीले केही समय एलसी नखाल्ने भनेका छौं । म आग्रह गर्न चाहान्छु । १० देखि १५ दिन यता कतिले एलसी खोले मलाई रेकर्ड चाहिन्छ । यो छलफल भएको १५ दिन भएको छ । एलसी कतिले खोले यो निजि क्षेत्रलाई पनि साथमा लिएर सरकारले गर्ने हो ।’