राष्ट्र बैंकले हामीसँग पत्रिकाबाजी गर्योः अर्थमन्त्री

राष्ट्र बैंकले हामीसँग पत्रिकाबाजी गर्योः अर्थमन्त्री


अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक कार्यकम मै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति अशन्तुष्टी व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको 'नेशनल कन्फरेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स' कार्यक्रममा प्रमुख अतिथि रहेका अर्थमन्त्री शर्माले मिडियालाई दिन नहुने सूचना मिडियालाई दिएको भन्दै गभर्नरसँग अशन्तुष्टी व्यक्त गरेका हुन् ।

आफ्नो पैसा रोकिएको भन्दै अर्थ मन्त्रालयमा निवेदन आएको र सो निवेदन राष्ट्र बैंकलाई पठाउँदा राष्ट्र बैंकले मिडियालाई दिएको भन्दै उनले अशन्तुष्टी व्यक्त गरेका हुन् । पृथ्वी बहादुर शाहको प्रसङ्ग उल्लेख गर्दै उनले अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई सहजीकरण गर्न पठाएको पत्र मिडियालाई दिएको प्रति अशन्तुष्टी व्यक्त गरेका हुन् ।

उनले प्रश्न गर्दै भने 'यदि पैसा ल्याउन नपाइने भए यो यो कारणले ल्याउन पाइदैन भन्दिनु परो, पत्रिकाबाजी गर्ने ? सबैले आफ्नो मर्यादा राख्नु पर्दैन ? प्रवक्ताले मन्त्रीले यसो भनेकै हो भनेर पत्रिकालाई प्रतिक्रिया दिने ? त्यहि हो तरिका ? त्यहि हो अनुशासन ? सबैको संस्थागत अनुशासन हुनु पर्दैन ?' यस्ता कुरा सच्याउनु पर्ने उनले बताए । 

राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई दिएको सुझावको सुची पनि अर्थ मन्त्रालयमा आउनु अघि मिडियालाई दिएको भन्दै उनले अशन्तुष्टी व्यक्त गरे । उनले यस्ता सुझाव कार्यन्वयन नहुदै मिडियामा आउँदा त्यसले अर्थतन्त्रलाई असर गर्ने बताए । सुझावमा अत्यावश्यक बाहेक वस्तुको सामान आयात बन्द गर्ने उल्लेख रहेको र त्यो सुझाव मिडियामा आएपछि कुन कुन बैंकले कति कति के के सामान आयात गर्न एलसी खोलेका छन् त्यसको विवरण आफुलाई पठाउन अर्थमन्त्रीले निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयलाई गर्नु पर्ने रिपोर्टिंग पनी राष्ट्र बैंकले नगरेको भन्दै उनले अशन्तुष्टी पोखे ।