आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
चैत २५ गते शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

यस दिन नेप्सेले इन्स्योरेन्सको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ६०२ रुपैयाँ ८० पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ६४५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ ।

इन्स्योरेन्सले बैशाख ९ गते, शुक्रबार चौबिसौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा लैनचौर बैङ्क्वेट्स, लैनचौरमा बिहान १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ४२ लाख ६४ हजार ७९० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।