ज्योति विकास बैंककाे दुई नयाँ शाखा लहान र कटारीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ज्योति विकास बैंकले २०७८ साल चैत्र २४ गते बिहिबार लहान र कटारीमा थप दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो । लहान नगरपालिका वडा नं. ८ सिरहास्थित लहान शाखाको समुद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य र बैंकका अध्यक्ष  हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए । 

साथै, कटारी नगरपालिका वडा नं ४ उदयपुरस्थित कटारी शाखाको समुद्घाटन कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गरेका थिए । उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।

नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले लहान र कटारी शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्युआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरुमा साप्ताहिक र मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५% छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ ।