काठमाडौं– लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पाँच जनाको नाम सर्ट लिस्ट परेको छ । आवेदन दिएका मध्येबाट पाँच जनाको नाम सर्ट लिस्टमा परेको हो । सीईओका लागि आठ जनाको आवेदन परेकोमा उनीहरूबाट पाँच जनालाई सर्ट लिस्टमा राखिएको हो ।
सर्ट लिस्टमा पर्नेहरुमा सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव रहेका छन् । सर्ट लिस्टमा परेका ज्ञवाली नगर विकास कोषका पूर्व कार्यकारी निर्देशक हुन् । त्यस्तै, ढुंगाना नेपाल राष्ट्र बैंक पूर्वकार्यकारी निर्देशक हुन्। काफ्ले तत्कालीन वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक थिए ।
यसमध्येबाट मन्त्रिपरिषदले एक जनालाई नियुक्त गर्ने छ । यसअघिका बोर्डका सीईओ सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले सो पदमा आवेदन खुलाएको थियो ।
प्रतिक्रिया