११ महिनामा निर्जीवन बीमकले संकलन गरे ४४ अर्ब बढी बीमा शुल्क


काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को जेठ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ४४ अर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । सञ्चालनामा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनामा २६ लाख ५१ हजार १० वटा बीमा पोलिसी बिक्री गरेर कुल ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

जेठ मसान्तसम्ममा सबैभन्दा धेरै कुल बीमा शुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ५ अर्ब ६२ करोड ६३ लाख कुल बीमा शुल्क संकलन गरेको छ । यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ४ अर्ब ७७ करोड ३९ लाख र तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४ अर्ब ७६ करोड ८ लाख कुल बीमा शुल्क संकलन गरेको छ ।

यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ९२ करोड २ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३ अर्ब ९१ करोड २१ लाख, एनएलजी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ७३ करोड १५ लाख, नेको इन्स्योरेन्स कम्पनीले ३ अर्ब २८ करोड ८२ लाख, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले २ अर्ब ८० करोड २१ लाख, यूनाइटेड अजोड इस्योरेन्सले २ अर्ब ७६ करोड ६१ लाख र सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले २ अर्ब ५५ करोड ५१ लाख कुल बीमा शुल्क संकलन गरेको छ ।

यस्तै, नेपाल इन्स्योरेन्सले १ अर्ब ९७ करोड ७५ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ६४ करोड ९४ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४२ करोड ५६ लाख, नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोड ७१ लाख कुल बीमा शुल्क संकलन गरेका छन् ।