नेपाल टेलिकमको साधारण सभा सम्पन्न, ४० % लाभांश पारित

नेपाल टेलिकमको साधारण सभा सम्पन्न, ४० % लाभांश पारित


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल टेलिकमको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभा बिहीवार त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेलमा सम्पन्न भएको हो । सभाले ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश(कर समेत) गरेर कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको थियो । सोही कारण गत चैत १० गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।