रोकियो नेप्सेको ओरालो यात्रा, कारोबार रकममा सुधारसँगै आज ३५.६६ अंकले बढ्यो

रोकियो नेप्सेको ओरालो यात्रा, कारोबार रकममा सुधारसँगै आज ३५.६६ अंकले बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
लामो समयदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से ३५.६६ अंकले बढेर २ हजार ४ सय ६४ दशमलब ३१ विन्दुमा पुगेको हो । बुधबार नेप्से २३.३२ अंकले घटेर २ हजार ४ सय २८ दशमलब ७५ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज कारोबार रकममा पनि सामान्य सुधार भएको छ । आज २ अर्ब १२ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार १ अर्ब ९९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।             

आज कारोबार भएका १७४ कम्पनीको शेयरमूल्य बढेको छ भने १८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्य भने १० प्रतिशतले वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७०० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ७.७१ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ७ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।