सिद्धार्थ बैंक र बाँसबारी क्लबबीच प्रायोजन सम्झौता

सिद्धार्थ बैंक र बाँसबारी क्लबबीच प्रायोजन सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले शहिद स्मारक बि डिभीजन फुटबल प्रतियोगितामा सहभागी हुन बाँसबारी–३, काठमाडौँ स्थित बाँसबारी क्लबलाई चार लाख रुपैँया प्रदान गरी प्रायोजन गर्ने सहमति गरेको छ । उक्त सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख भ्याली रिसोर्सेस प्रदिप पन्त र बाँसबारी क्लबका तर्फबाट अध्यक्ष प्रेम थापाले हस्ताक्षर गरे ।

खेलाडीहरुको हितलाई मध्यनजर गर्दै बैंकद्वारा सो रकम खेलाडीहरुको खेल तयारी र आवश्यक खेल समाग्री खरिद गर्न क्लबलाई प्रदान गरिएको हो । बैंकले विगतदेखि नै विभिन्न खेल तथा खेलकुद आयोजनाहरुमा सहभागिता जनाउदै आएको छ ।

उक्त सम्झौताले खेलाडीहरुमाझ खेलप्रति झनै धेरै उत्साहित बनाएको छ । साथै यस्ता सम्झौताहरुले खेलाडीहरुलाई खेलमा उत्प्रेरित गराउने र खेलाडीहरुको विकासमा योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ ।