बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षका लागि वितरण गर्ने निर्णय गरेको ४० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न शुरु गरेको छ ।
कम्पनीले गत माघ ६ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गर्न थालेको हो ।
कम्पनीले चैत १६ गते ४० प्रतिशत बोनस शेयर बापतको १६ लाख ७६ हजार २१४ दशलमव २१ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको थियो ।
पुस २६ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा बोनस शेयर जम्मा गरिसकेको र त्यस पश्चात अभौतिकीकरण गराएकाको हकमा क्रमशः उक्त बोनस जम्मा गर्दै जाने कम्पनीले बताएको छ ।
यसर्थ हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथाशिघ्र अभौतिकीकरण गराई आफ्नो बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।
साथै, पुस २६ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई जम्मा भएकाले कर्जा राफसाफ भइसकेको भए फुकुवा गराउन समेत कम्पनीले भनेको छ ।
कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया