सेञ्चुरी बैंकको नयाँ वर्ष २०७९ को “सेञ्चुरी क्यालेडर” सार्वजनिक

सेञ्चुरी बैंकको नयाँ वर्ष २०७९ को “सेञ्चुरी क्यालेडर” सार्वजनिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका अध्यक्ष राजेशकुमार श्रेष्ठले एक कार्यक्रमकावीच “सेञ्चुरी क्यालेण्डर २०७९” सार्वजनिक गरेका छन् । वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रर्वद्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेण्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङ्गका माध्यमहरु लगायत विभिन्न बैंकिङ्ग सेवाहरुलाई समावेश गरिएको छ । यसबाट वित्तीय साक्षरता र डिजिटल बैंकिङ्ग सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।