प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मूल्य समायोजन

प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बोनस शेयरको बुधवार नेप्सेमा मूल्य समायोजन भएको छ ।

कम्पनीको ७ प्रतिशत बोनस शेयरको मूल्य समायोजनपछि नेप्सेले कम्पनीको शेयरमूल्य रू. ६०२ दशलमव ८० तोकेको छ । नेप्सेले कम्पनीको बुधवार अन्तिम कारोबार मूल्य रू. ६४५ को आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश पारित गर्नका लागि कम्पनीले वैशाख ११ गते साधारण सभा बोलाएको छ । कम्पनीको समायोजन मूल्यको आधारमा बिहीवार शेयर कारोबार खुला हुनेछ ।