नेप्सेमा २६.०४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्सेमा २६.०४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से २६.०४ अंकले घटेर २ हजार ४ सय २६ दशमलब ०२ विन्दुमा रोकिएको हो । मंगलबार नेप्से ४६.४६ अंकले घटेर २ हजार ४ सय ५२ दशमलब ०६ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज १ अर्ब ९४ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार २ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका २२ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५४५.५० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज इमर्जिङ नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज ८ करोड ९८ लाख भन्दा बढीको कारोबार भएको छ ।