किसान लघुवित्तको संस्थापक शेयर विक्रीमा

किसान लघुवित्तको संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर आज (बुधवार) देखि विक्रीमा आएको छ ।

कम्पनीले एक सूचना जारी गरी उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको जानकारी दिएको छ । 

उक्त शेयरको प्रतिकित्ता मूल्य र शेयर संख्या भने खुलाइएको छैन । 

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय धनगढी, कैलाली र कर्पोरेट कार्यालय, बुढानीलकण्ठ, काठमाडौंमा आफूले खरीद गर्ने शेयरको व्यहोरा खुलाई निवेदन दिन भनेको छ ।

विद्यमान संस्थापक शेयरधनीहरुबाट उक्त शेयर खरीदको आवेदन नपरेमा प्रचलित नियमअनुसार अन्य व्यक्ती वा संस्थालाई विक्री प्रकृया अघि बढ्ने जानकारी कम्पनीले दिएको छ ।