गत साता बैंकहरुको निक्षेप १ अर्बले बढ्यो, कर्जा प्रवाह ५ अर्ब वृद्धि

गत साता बैंकहरुको निक्षेप १ अर्बले बढ्यो, कर्जा प्रवाह ५ अर्ब वृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
गत साता वाणिज्य बैंकको निक्षेप १ अर्ब मात्र बढेको छ । चैत्र ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३० अर्ब रहेकोमा चैत्र १८ गतेसम्म बैंकहरुको निक्षेप १ अर्ब बढेर ४३ खर्ब ३१ अर्ब कायम भएको छ । 

त्यस्तै यस अवधिमा बैंकहरुको कर्जा प्रवाह ५ अर्बले विस्तार भएको नेपाल बैंकर्स संघले जनाएको छ । चैत्र ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ७० अर्ब रहेकोमा चैत्र १८ गतेसम्म बैंकहरुको कर्जा बढेर ४१ खर्ब ७५ अर्ब कायम भएको छ ।   

माघ महिनाको तुलनामा फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले बढेको थियो । माघ मसान्तसम्म अर्थात् माघ २९ गतेसम्म बैंकहरुको निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन मंसत अर्थात् फागुन ३० गतेसम्म बैंकहरुको निक्षेप बढेर ४३ खर्ब ३३ अर्ब पुगेको थियो । 

त्यस्तै फागुन महिना भर वाणिज्य बैंकहरुले १७ अर्ब कर्जा प्रवाह गरेका थिए । माघ मसान्तसम्म अर्थात् माघ २९ गतेसम्म बैंकहरुको कर्जा ४१ खर्ब ५५ अर्ब रहेकोमा फागुन मसान्त अर्थात् फागुन ३० गतेसम्म बैंकहरुको  कर्जा बढेर ४१ खर्ब ७२ अर्ब पुगेको थियो ।  

फागुन महिनाको लागि ब्याज बढाएका बैंकहरुले चैत्र महिनाको लागि ब्याजदर स्थिर राखेका छन् ।