बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई लाइफ इन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा वैशाख १४ गते गर्ने भएको छ ।
कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले सभा बेगनास हल, र्याडिशन होटल, काठमाडौंमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।
सर्वसाधारणलाई छुट्याएको शेयर (आईपीओ) जारी गर्ने विशेष प्रस्ताव उक्त सभाले पारित गर्नेछ ।
साथै, यस कम्पनी र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न गाभिन वा प्राप्ति गर्न आवश्यक देखिएमा सो सम्बनधी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने, संशोधित प्रवन्धपत्र र नियमावलीमा फेरबदल गर्न नियामक निकायबाट कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ ।
प्रतिक्रिया