समता लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त

समता लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
समता लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

लघुवित्त सञ्चालक समितिकाे चैत २० गते बसेकाे बैठकले आगामी बैशाख ३ गते देखि लागू हुने गरी आरविवि मर्चेन्ट शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

लघुवित्तले २०८० बैशाख २ गतेसम्म कायम हुनेगरी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौंलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

त्यस अनुसार लघुवित्तको शेयर सम्बन्धी सम्पुर्ण कार्य आरविवि मर्चेन्टले गर्नेछ ।