सिटिजन्स बैंकका ग्राहकले बर्दिवास जनसेवा हस्पिटलमा १०% छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले बर्दिवास जनसेवा हस्पिटलमा १०% छुट पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिवास स्थित बर्दिवास जनसेवा हस्पिटलबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहकहरूलाई बर्दिवास जनसेवा हस्पिटलमा १० प्रतिशत छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

यस समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले बर्दिवास जनसेवा हस्पिटलका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२५  वटा एटिएम र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  १३ लाख भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।