प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रुडेन्सियल इन्स्यारेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज, चैत २३ गते अन्तिम दिन रहेको छ ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत २४ गते, बकुक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

इन्स्योरेन्सले बैशाख ११ गते दिनको १२ः३० बजे पर्सा, वीरगञ्जको दियालो लर्डस प्लाजामा २० औं वार्षिक साधारण सभा बोलाएको हो ।

साधारण सभाबाट कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट प्रस्तावित ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।