नयाँ सारथी लघुवित्तको शेयरमूल्य समायोजन

नयाँ सारथी लघुवित्तको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

कम्पनीको मंगलवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार २७८ दशमलव २० को आधारमा नेप्सेले बोनस पछिको मूल्य रू. १ हजार ७४ दशमलव १२ तोकेको हो । अब, बुधवार कम्पनीको समायोजन मूल्यको आधारमा शेयर कारोबार खुला हुनेछ ।

कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि वैशाख १० गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गते देखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरेको हो ।

बुक क्लोजको आधारमा चैत २२ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुने हुन् ।

यस वर्ष कम्पनीले १९ प्रतिशत बोनससँगै कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुल २० प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।